विराटनगर २८ बैशाख ।
विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश नं. १ सरकारले विराटनगरका विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । सशर्त अनुदान मार्फत सरकारले विराटनगरका २ विद्यालयलाई ६-६ लाखका दरले आर्थिक सहयोग प्रदान गरेको छ । विराटनगरका जनपथ मावि वडा नंं ११ र पोखरिया मावि वडां नं ३ ले उक्त रकम पाएका हुन् ।
सामाजिक विकास मन्त्रालय मार्फत छुटिएको उक्त अनुदान विराटनगर महानगर मार्फत विद्यालयले प्राप्त गर्ने बताएको छ । यस्तै प्रदेश भरिका १४ जिल्लाका १ सय विद्यालयले समेत सोही परिणामको रकम प्राप्त गर्ने भएका छन् । तत् -तत् स्थानका पालिका मार्फ उनिहरुले उक्त रकम पाउने छन् ।