चतरा ,२७ बैशाख ।
चतराधाममा किरातेश्वर महादेव बनाउने अभियन्ता संझदै विराटनगरका धार्मिक युवाहरुले सहयोग गरेका छन् । प्राचिन चतराधाम जगत गुरु श्रीशंकराचार्य पिठका पिठाधिस श्री १००८ कैलाशानन्द सरस्वती महाराजले यो अभियान थालेका थिए । अभियानले सार्थकता नपाउदै उहाँको स्वर्गारोहण भएको छ । महाराजको तेह्रदिने कर्मको लागी विराटनगरका धार्मिक युवा अभियन्ताहरुले आबश्यक सामाग्री प्रदान गर्दै किरातेश्वर महादेव बनाउने कैलाशानन्दकाे अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
लामो समय देखि चतरामा रहेर पूर्व क्षेत्रमा धार्मिक कार्यक्रममा सहभागी बन्दै आउनु भएका उहाको कर्मका लागि कपडा,चामल,छाता,आलु , घ्यू लगायतका सामान प्रदान गरिएको धार्मिक युवा अभियन्ता अनन्त पराजुलीले जानकारी दिए । सहयोग प्रदान कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुली, धार्मिक अभियन्ता उद्धव अर्याल ,अनिल ढकाल ,टिका खतिवडा ,चतराका धार्मिक सामाजिक अभियन्ता भेषराज घिमिरे लगायतको सहभागिता रहेको थियो ।
बिगत १५ बर्षदेखि चतरालाई चतराधामको रुप दिने काममा अग्रसर ७५ बर्षिय कैलाशानन्द सरस्वतीको यही बैशाख १७ गते स्वर्गवास भएको थियो । साधु जीवन बेथित गरि चतराधाम श्रीशंकराचार्य परिषदमा १०८ फुटको किरातेश्वर महादेवको मुर्ति निर्माण गर्ने कार्यमा होमिनु भएका उहाँको योजना विचैमा रोकिएको छ । हिन्दु धर्म र सनातन संस्कृतिको रक्षार्थ जीवन अर्पिनु भएका उहाँको सम्मानमा विभिन्न धार्मिक ब्याक्तिहरु चतरा पुग्ने गरेका छन् । धार्मिक आस्थाका विचारक कैलाशानन्दको किरातेश्वर महादेव बनाउने अभियानमा विराटनगरका धार्मिक समुदायवाट सहयोग रहने विराटनगर महानगरका मेयर भीम पराजुलीले बताउनु भयाे ।