Birat Post शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

पछिल्लो समय एउटा अनुसन्धानले पुरुष वीर्यमा पनि कोरोना भाइरसको पद्धार्थ भेटेको देखाएको छ । बिहिबार जर्नल अफ द अमेरिकन मेडिसिन एशोशिएसनले कोरोना भाइरसको पद्धार्थ पुरुष वीर्यमा पनि भेटिएको तथ्य सार्वजनिक गरेको छ । कोरोना भाइरसको संक्रमित र संक्रमणपछि नीको भइसकेको पुरुषको वीर्यमा पनि भाइरसको पद्धार्थ भेटिएको अध्ययनमा उल्लेख छ ।

तर, अध्ययनकर्ताहरु कोरोना भाइरस यौन सम्पर्कबाट सर्ने नसर्नेमा निश्चित भइसकेका छैनन् ।चिनियाँ रिसर्चरहरुले ३८ जना कोभिड १९ का पुरुषबाट नमुना संकलन गरी अध्ययन गरेका थिए । एक महिनासम्म अध्ययन गरेर निष्कर्षमा पुगेका वैज्ञानिकहरुले वीर्यमा पनि कोरोना भाइरसको पद्धार्थ भेटेको पुष्टि गरेका हुन् । ३८ विरामीमध्ये ६ जनामा भाइरसको पद्धार्थ भेटिएको थियो ।

यसबाट कोरोना भाइरसका संक्रमितको वीर्यमा १६ प्रतिशत भाइसको पद्धार्थ रहने सम्भावना रहेको निष्कर्ष निस्किएको थियो ।‘क्लिनिकल क्यारेक्टररिस्टिक एन्ड रिजल्ट अफ सिमन टेष्टस एमंग मिन विथ कोरोना भाइरस डिजिज २०१९‘ नामको रिसर्च पेपर लि डियानगेङजिन मिलिङ, बाओ पेङटाओसहितको वैज्ञानिकको नाममा प्रकाशित छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल