जोगवनी,भारत २६ बैशाख /
भारतमा कोरोना भाइरसको संक्रमण बाट एकजना पत्रकारको मृत्यु भएको छ । आगरामा पत्रकार पंकज कुलश्रेष्ठको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । उनी आगराको एसएन मेडिकल कलेजमा भर्ना भएका थिए । बिहीबार अबेर राति उनको मृत्यु भएको बताएको छ ।
कोरोनाका कारण भारतमा केही पत्रकारलाई समेत कोरोना लागेको छ ।भारतमा कोरोना सक्रमणको दर बढ्दै गएको छ । बिहीबार एकैदिनमा भारतमा कोरोना भाइरसका कारण १ सय ६ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म १८९० जनाको मृत्यु भइसकेको छ ।