काठमान्डौ २३ बैशाख /
आज पनि देशभरको मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेका कारण केही ठाउँमा पूर्ण बदलि भई केहि स्थानहरुमा वर्षा हुने बताएको छ । आगामी २४ घण्टा पश्चिमी, मध्य र पूर्वमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सचेतना अपनाउन महाशाखाले आग्रह गरेको छ ।