दिपेश बर्मा
जोगवनी (भारत) २२ बैशाख /
छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । विगत २४ घण्टामा २ हजार ८ सय ६ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा ४० हजार ५ सय ५ संक्रमित भएका छन् । १ हजार ३ सय ९१ जनाको ज्यान गएकामा २४ घण्टामा ६८ जना थपिएका छन् । भारतमा सक्रमित थपिए संगै थप त्रास बढ्दो छ । पछिल्लो समय संक्रमितको संख्या बढ्नुलाई लकडाउन उल्लघन मूख्य कारक मानिएको छ ।
पछिल्लो ४ दिनमा ३ सय ११ जनाको ज्यान गइसकेको बताइएको छ । बिहारमा समेत सक्रमितको संख्या बढ्दै गए पछि भारतीय प्रहरीले थप कडाइमा उत्रेको छ । यो संगै भारत सरकारले १७ मे सम्म लकडाउनको सिमा अवधि वढाएको छ । भारत संगको सिमाक्षेत्रमा आवतजावतमा उच्च सतर्कता अपनाएको छ । नेपाल भारत दुवै तर्फका प्रहरीले आ -आफ्नो देश आवतजावतमा पूर्णत कडाइ गरेको छ ।