विराटनगर १५ बैशाख /
विराटनगर–१९ स्थित भानु मेमोरियल कलेजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी अनलाईन कक्षा सुरु गरेको छ । कोभिड–१९ को कारणले देशमा लकडाउन भई रहेको अवस्थामा कलेजमा अध्ययनरत कक्षा ११ र १२ का विज्ञान तथा व्यवस्थापन संकायका छात्र—छात्राहरुलाई लक्षित गरि भर्चुअल कक्षा सञ्चालन गरेको हो ।
लगभग ८० प्रतिशत विद्यार्थीहरु सहभागी भएको विद्यालयले जनाएको छ । घरैमा बसेर सम्वन्धित विषय शिक्षकसँग लाइभ कुराकानी गर्दै विषय वस्तुमा आएका समस्या सजिलै समाधान गर्न सकिने भएकाले सम्भव हुदा यो विधि राम्रो हुने कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठले बताए ।