विराटनगर १५ बैशाख /
प्रदेश १ मा सोमबार सम्म पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कले जनाएको छ । द्रूत परीक्षण विधि (आरडिटी) बाट प्रदेश १ मा कूल ४ हजार ८ सय २८ जनामा कोरोना परीक्षण भएको छ । ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि(पिसिआर) बाट ९ सय ८१ जनाको नमूना परीक्षण भएको छ ।
प्रदेश १ मा ३१ जनालाई कोरोना संक्रमण देखिएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल २ हजार ९२ जना पुगेको छ । प्रदेश सरकारले खडा गरेको कोरोना जनसुरक्षा कोषमा रु. २८ करोड ८२ लाख ९७ हजार ५४ रुपैयाँ जम्मा भएको छ ।