विराटनगर १३ बैशाख /
आदर्श मावि विराटनगरले २ लाख १५ हजार रुपैयाको बरावरको राहत सामाग्री प्रदान गरेको छ । विराटनगर महानगर मार्फत प्रदान गर्ने गरी चामल ९२ बोरा चामल प्रदान गरिएको विद्यालयका प्राध्यानाध्यापक तुलसी दुलालले जानकारी दिए ।
विद्यालयका शिक्षक , तहगतरुपमा रहेका कर्मचारी तथा विद्यालयको कोष समेतवाट रकम संकलनगरी राहत प्रदान गरिएको हो । कोरोना सङक्रमण रोकथाम तथा न्यूनीकरण गर्न जारी गरिएको लकडाउनमा दुई छाक टार्न गाह्रो हुने परिवारलाई मध्यनजर गर्दै सो सहयोग शनिवार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई हस्तान्तरण गरिएको छ ।
राहत प्रदान कार्यक्रममा विद्यालयका ब्यवस्थापन समिति सदस्य भगवती पोखरेल, शिक्षकहरु सन्तोष पोखरेल,शुभेस चन्द्र दास,उद्धव पोखरेल,मनोज संग्रौला,प्रेम बुढाथोकी,मुना बुढाथोकी र विद्यार्थीका तर्फबाट अंकित पोखरेल लगायतको सहभागिता रहेको थियो ।