सन्तोष पोख्रेल शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

 शिक्षामन्त्री कै शब्दमा पनि विद्यालय चाडै खुल्ने अवस्थामा छैनन् । यसको विकल्प नसोचि वस्ने त ? त्यो पनि हैन। वरु स्वअध्यन शिक्षणका विकल्प के के हुन सक्छन् त्यसको टड्कारो वहस गरौ ।तर तत्काल विद्यालय खोल्न हुदैन ।

 

  • नेपालमा अहिले शैक्षिक सत्रको भर्ना अभियानको समय हो । तर कोरोना भाइरसका कारण कति विद्यालयहरु बन्द छन त कति क्वारेन्टाइन वनेका छन । यस्तो अवस्थामा आफ्ना वालवालिकालाई विद्यालय भर्ना गर्नकालागि तयार रहेका अभिभावकहरु पनि अन्यौलतामानै हुनुहुन्छ । यता विद्यालयका शिक्षकहरु पनि पूर्ण रुपमा विद्यालय जान सक्ने अवस्थामा हुनुहुन्न । शिक्षालाई राम्ररी नियाल्ने शिक्षाविदहरु आजको संकटको शिक्षा र शिक्षकहरुको सन्दर्भमा लेखिएका आलेख र अन्तरवार्ताहरु दिदै आइरहेका छन् । यसै सन्दर्भमा आफ्ना भोगाइतथा अनुभवहरु एउटा शिक्षक भएको नाताले प्रस्तुत गर्नु आबश्यक ठानेको छु ।

१, शिक्षकहरु केही नगरी घर वस्नु हुदैन भन्ने सन्दर्भमा लकडाउन अवधीमा शिक्षकहरु विद्यालय जान सक्ने अवस्थामा छैनन्। किनभने शिक्षकहरुले ब्यक्तिगत शारीरीक दुरीकायम गरेरै काम गर्छु भन्दा पनि उनीहरु संग पास छैन । पासविना सरकारी नियम उलंघन गर्न शिक्षकको आफ्नै मर्यादाले समेत दिदैन किन भने शिक्षक समाजको अगुवा हो । विद्यार्थीलाई पनि सोही समस्या पर्ने छ । विद्यालय तहमा हुने सवै परीक्षा सम्पन्न गरेर शिक्षकहरु रिजल्ट समेत तयार पारी अभिभावक सम्म कसरी पुर्याउने भनेर वसेकै छन् र त्यसको विकल्पमा छलफल चलाइरहेका छन्। अभिभावक हरु संग फोन सम्पर्क भए सम्म नआत्तिन र धैर्य गर्न प्रेरित गरिरहेका छन्। आ आफ्ना विद्यार्थी हरु संग आफ्नो दक्षता र क्षमताको माध्यमवाट प्रविधिको प्रयोग सहितको शिक्षण ,टेलिफोन सहजिकरण र परामर्शका कार्यहरु गरिरहेकै छन् । शिक्षकका समचारहरु मिडियामा आउदैन या यो प्राथमिकतामा परिरहेको छैन । तथापी शिक्षकहरु जिम्मेवारी प्रति चिन्तित छन् । केही ब्यक्तिको उदाहरण हेरेर समग्र शिक्षक माथी विचार अभिब्यक्त नगर्दा उपयुक्त हुन सक्दछ ।

२, नतिजा प्रकाशन गर्ने जिम्मेवारी विद्यालयको हो त्यो धेरै विद्यालयले सार्वजनिक गर्न सुरु गरिसकेकाछन् र चाडै सम्पन्न पनि गर्छन् । जुन काम आफुले प्रयोग गरेका सामाजिक संजाल उपयोग गरेर पनि भएको छ ।

३ , प्रविधिमैत्री शिक्षणको प्रयोग नेपालमा हालको संक्रमणकालिन अवस्थाको लागि गरिएको थिएन ।यो कक्षा शिक्षण लाई प्रभावकारी वनाउनका लागि गरिएको थियो । जसले केही प्रतिसत विद्यार्थी र शिक्षकहरुलाई समेटेपनि आजको वर्तमान संकटकालिन स्वअध्यनकार्यका लागि पुर्णरुपमा भरपर्दो माध्यम वन्न सक्दैन ।प्रविधीमा पहुँचको अवस्थालाई नियाल्दा न पुर्णरुपमा सवै शिक्षक दक्ष छन न विद्यार्थी । केही प्रतिसत विद्यार्थी र संस्थागत विद्यालयका अभिभावकलाई मात्रै नियाल्दा पनि २५ प्रतिसत विद्यार्थीले पनि ल्यापटप र एण्ड्रोइड मोवायल प्राप्त गरिसकेका छैनन । यस्तो अवस्थामा प्रविधि मैत्री शिक्षण अकासको तारो वन्न सक्छ ।

४, शिक्षामन्त्री कै शब्दमा पनि विद्यालय चाडै खुल्ने अवस्थामा छैनन्। यसको विकल्प नसोचि वस्ने त ? त्यो पनि हैन। वरु स्वअध्यन शिक्षणका विकल्प के के हुन सक्छन् त्यसको टड्कारो वहस गरौ ।तर तत्काल विद्यालय खोल्न हुदैन ।

५, अवको सम्भावित समस्या समाधान गर्ने हो भने यो वर्षको सिकाइ परियोजनामा आधारित हुनु पर्छ ।जुन नेपालीमाटो सुहाउदो हुन्छ।शिक्षकहरु शारीरिक दुरी कायम राखेर विद्यार्थी हरुलाइ क्लष्टरिङ गरि परामर्शदाता को रुपमा घर घर जानुपर्छ । हरेक विद्यार्थी लाई निशुल्क टेलीफोन ब्यवस्था हुनु पर्छ । रेडियो शिक्षामा समेत जोड दिनुपर्छ ।विद्यालयमा टेलिफोनवाट संचालन हुने नोटिस वोड राख्नु पर्छ । यो वर्ष पुरै कृषि शिक्षामा जोड दिनु पर्छ । कौशीमा गरिने तरकारी खेती देखी जग्गा जमिन हुनेहरुकालागि अन्य वाली विज्ञानका उपायहरु सिकाउनु पर्छ ।संस्कार र संस्कृति अनि जिवनउपयोगी सीपका प्रयोगात्मक अभ्यास गराउने उपायको खोजी गर्नु पर्छ ।

६ अफलाइन सामाग्री हरु जस्तै पाठ्यपुस्तक लगायतका अन्य स्वअध्यन सामाग्रीहरु राहत वितरण गरेजस्तै विद्यार्थी कै घर घरमा पुर्‍याउने ब्यवस्था मिलाउनु पर्छ ।

७,अनलाइन पहुँच भएका विद्यार्थी हरुलाई विभिन्न वेभसाइडका लिङ्कहरु प्रदान गरेर स्व अध्यनमा जोड दिनु पर्दछ ।

८, स्थानिय यफ एम वा टेलिभिजनवाट विद्यार्थीकालागि कार्यक्रम चलाउनु पर्दछ । र पाठ प्रसारण गरिनु पर्दछ ।
तर एक दुई प्रतिसत शिक्षक र विद्यार्थी को प्रविधिमा पहुँच छ भन्दैमा त्यसैमा रमाउनु भनेको आत्मरतिमा रमाउनु जस्तै हुन्छ। यसको आवस्यक्ता र प्रयोगमा वृद्धि गर्दै अन्य वैकल्पिक सिकाइका उपाय अपनाउनु पर्दछ । भिडियो शिक्षण सुगम देखि दुर दराजका लागि उपयोगी भएपनि आजको संकट टार्न प्रयाप्त छैन ।

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल