विराटनगर १२ बैशाख /
लकडाउनमा फसेका आफ्ना नागरिकको उद्दारमा विराटनगर महानगर जुटेको छ । देशका विभिन्न ठाउँका शहर बजारमा भाडामा वसिरहेका स्थानीय तहका नागरीकको उद्दारमा महानगर लागेको हो ।
आफ्ना नगरवासी नागरीकहरु लाई महानगरकै लगानिमा गाडिको व्यवस्थागरी काठमान्डौ बाट ल्याइएको हो । शुक्रवार मात्रै महानगरका २८ जना विद्यार्थी तथा स्थानिय नागरिकहरु विराटनगर आइपुगेका छन् । उनीहरुलाई स्वास्थ्य परिक्षण गरी होम क्वारेन्टाइनमा बस्ने सर्तमा घर घरमा छोडिएको महानगरले जनाएको छ ।