विराटनगर ११ बैशाख /
आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा जन्मदिने आमालाई मीठा–मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनकारुपमा लिइन्छ ।
आमा नभएकाहरुले भने आमालाई तर्पण र पिन्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराइ दिवंगत आमालाई सम्झने गर्दछन् । आमा नहुनेहरुले मातातीर्थमा श्राद्ध गर्ने गर्दछन् । कतिपय तिर्थस्थानमा तिर्थश्राद्ध गर्ने चलन भए पनि यसपटक कोरोनाभाइरसका कारण कुनै पनि स्थानमा मानिसहरुको जमघट भएको छैन ।