विराटनगर १० बैशाख /
नेपाली कांग्रेस मोरङले कोरोना भाइरस र त्यसका कारण उत्पन्न अबस्थाका विषयमा विभिन्न छेत्रका ब्यक्तिहरु संग छलफल तथा परामर्श गरेको छ । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाको उपस्थितीमा बुधवार विराटनगरमा भएको छलफलमा उद्योगी,सामाजिक क्षेत्रमा क्रियाशिल ब्यक्तित्व,प्राध्यापक तथा अर्थशास्त्रीहरुको सहभागिता रहेको थियो । कोरोना भाइरसका कारण उत्पन्न लक डाउन र नेपालमा पर्न सक्ने सम्भावित समस्याका विषयमा कसरी बच्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कोरोनाको विपत संग लडाइ लड्दै अगाडी बढ्नुको विकल्प नभएको बताए । उनले विपन्न तथा सिमान्तकृत बर्ग,मजदुर,उद्योगी ,कृषक सवै क्षेत्र धारासायी हुदै गएको र यसलाई जोगाउदै नयाँ रणनितिका साथ काम गर्न जरुरी भएको बताए । उनले राम्रा कामहरुको प्रसंशा र गलत कामहरुको तलैदेखी बिरोध गर्ने बानिको विकास गर्न आबश्यक भएको भन्दै सरकारका संयन्त्रद्धारा भइरहेका गतिविधिका विषयमा चनाखो बन्नुपर्ने बताए । लकडाउन संगै उत्पन्न उत्पादन र स्टक रहेको सामान सकिदै जादा हुने खतरालाई मध्यनजर गर्दै उद्योग ,कलकारखानालाई सामाजिक दुरी कायम राख्दै चलाउनु पर्नेमा जोड दिए । कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्दै उनले थप जिम्मेवारीका साथ अगाडी बढ्ने बेला आएको बताए । अधितम क्षेत्रमा स्थानीय तहले राम्रा कामहरु गरिरहेको र त्यसलाई थप जिम्मेबार बनाउने काममा सबैको साझा भुमिका हुनुपर्नेमा जोड दिए ।
यस्तै विराटनगर महानगरका मेयर भीम पराजुलीले लकडाउन संगै उत्पन्न परिस्थिती र गरिरहेका कामका विषयमा जानकारी गराएका थिए । महानगर क्षेत्रमा कोरोना सक्रमण नियन्त्रणका लागि क्वारेन्टाइन निर्माण, मूख्यचोकहरुमा निर्मलीकरण अभियान ,जनचेतना फैलाउने र बिदेशवाट आएकाहरुको पहिचान सहित स्वास्थ्य सेवा दिने कामहरु भइरहेको बताए । महानगर संग जोडिएका भारतीय सिमाबर्तीक्षेत्र बाट आवत जावत नहुनेगरी विशेष निगरानीका लागि प्रहरी संग समन्वय भइरहेको बताए । उनले नेपालमा स्वास्थ्य संकटकाल लगाउनुपर्ने भन्दै त्यस कुराको अवाज बुलन्द बनाउनुपर्नेमा जोड दिए ।
यस्तै उद्योगी पबन सारडाले लकडाउनका कारण उद्योगी ,व्यवसायीहरु धरासायी बन्दै गएको बताए । बैंक ब्याज, बिजुली महशुल, भन्सार, कर तथा श्रमिकको पारिश्रमिक भुक्तानीबारे विशेष आर्थिक प्याकेज सहितका कार्यक्रम सरकारले नल्याए दुरगामी समस्या निम्तिने बताए ।
कार्यक्रममा अधिकांश बक्ताहरुले लकडाउन संगै उत्पादन भएको र स्टक सामाग्रीहरु सकिदै जादा हुने परिणामका विषयमा बेलैमा सचेत बन्न जरुरी रहेको बताएका थिए ।
कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी ,प्रदेश सभा सदस्य केदार कार्की,शिवनारायण सिंह,डा.भेष प्रसाद धमला,प्रा.डां. बलराम पौडेल,प्रा.डां. अनिल पोखरेल,मोरङ ब्यापार संघका बरिष्ठ उपाध्यक्ष नविन रिजाल,कांग्रेस जिल्ला उपसभापति भक्तिनाथ माझी,सचिव नागेश कोइराला,मोदराज घिमिरे, सामाजिक अभियन्ता राजन खत्री ,कांग्रेस विराटनगर महानगर सभापति अरूण न्याैपाने लगायतकाे सहभागिता रहेको थियो ।