४ सय ३८ महिला र २ हजार ६ सय ५९ पुरुष
विराटनगर ९ बैशाख ।
प्रदेश १ मा ३ हजार सात सय ७५ जनाको कोरोना परिक्षण भएको छ । दू्रत परिक्षण विधि (आरडिटी) बाट मंगलबारसम्म जम्मा ३ हजार ९७ जनाको नमुना परिक्षण गरिएको छ । परिक्षण गरिएकामा ४ सय ३८ महिला र २ हजार ६ सय ५९ जना पुरुष छन् ।
ल्याबमा स्वाब ल्याएर गरिने परिक्षण विधि (पीसीआर) बाट जम्मा ६ सय ७८ जनाको कोरोना परिक्षण गरिएको छ । १ सय ८६ महिला र ४ सय ९२ पुरुषको नमुना परिक्षण भएको हो ।
यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या मंगलबारसम्म कूल ९ सय ८२ जना पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा २७ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ४ हजार ४ सय ८१ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।