विराटनगर ६ बैशाख /
खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड विराटनगरले राहत वितरणका लागि स्थानीय पालिकाहरुले लगेको चामलका विषयमा भइरहेका हल्लामा सत्यता नभएको बताएको छ । खाद्यले एक बिज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सन्जालमा आएका हल्लाहरुमा सत्यता नभएको बताएको छ ।
खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड विराटनगरका प्रमुख देबेन्द्र राइद्धारा हस्ताक्षरित बिज्ञप्तिमा गुणस्तरहीन चामल भनेर गरिएको हल्लामा सत्यता नभएको उल्लेख छ । सामाजिक सन्जालमा प्लाष्टिकको चामल भनेर आलोचना बढेसंगै खाद्यले चामलका विषयमा कुनै आशंका लागे परिक्षण गर्न समेत आग्रह गरेको छ । जापानिज सरकारको अनुदानकारुपमा आएको चामल उत्कृष्ट र गुणस्तरिय भएको विज्ञप्तिमा उल्लेख छ ।
खाद्यद्धारा जारी बिज्ञप्ति :