थप पुष्टि गर्न काठमान्डौ पठाइयो
विराटनगर ५ बैशाख ।
उदयपुरको मस्जिदमा लुकेर बसेको आशंकामा खोजतलास गर्दा भेटिएका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १२ भारतीय मध्ये कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा ८ जनामा कोरोना देखिएको हो । थप पुष्टि गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब परीक्षणका लागि पठाएको बुझिएको छ ।
मस्जिदमा बसेकाहरुमा कोरोना देखिएपछि त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिद र आसपासको क्षेत्रमा प्रहरीले कडाइ गरेको छ । चोरबाटो हुँदै भुल्केको मस्जिदमा आइ लुकी बसेको भन्दै स्थानीयले बताए संगै प्रहरीले थप निगरानी गरी उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पछिल्लो समय विभिन्न स्थानमा भारतीयहरु मस्जिदमा बस्दै आएको पाइएको छ ।