Birat Post शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ५ बैशाख
प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार ६७ महिला र २ सय ८८ पुरुषको नमूना परीक्षण भएको हो । जसमध्ये ५१ महिला र २ सय ४४ पुरुष गरी जम्मा २ सय ९५ जनाको नमूना नेगेटिभ आएको छ ।

द्रुत परीक्षण विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट शुक्रबारसम्म जम्मा १ हजार ९२ जनाको नमूना परीक्षण भएको छ । जसमा दुई जनाको रिर्पोट पोजेटिभ देखिएको थियो । परीक्षण गर्दा बुढीगंगा गाउँपालिका मोरङमा होम क्वारेन्टाइनमा बसेकी महिलाको र्यापिड डाइग्नोष्टिक टेस्टमा पोजेटिभ देखिए पनि स्वाब पीसीआर विधिबाट ल्याबमा परीक्षण गर्दा नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ । त्यस्तै झापा हल्दीबारीका युवाको र्यापिड टेस्टमा पोजेटिभ आएको भएपनि कोशी अस्पतालमा पीसीआर टेस्टमा नेगेटिभ रिर्पोट आएको थियो ।

र्यापिड टेस्टबाट शुक्रबारसम्म जम्मा १ हजार ९० जनाको रिर्पोट नेगेटिभ आएको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ । प्रदेश १ सरकारले जिल्लाका क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको नमूना परीक्षणलाई तिव्रता दिएको जनाएको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शुक्रबारसम्म कूल ५ सय ९५ जना छ । जसमा ६२ महिला र ५ सय ३३ पुरुष छन् । १३ महिला र ४९ पुरुष गरी जम्मा ६२ जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका एक एक महिला र एक पुरुष डिस्चार्ज भएका छन् । शुक्रबारसम्म आइसोलेसनमा जम्मा १० जना बसिरहेका छन् । होम क्वारेन्टाइनमा जम्मा ४ हजार १९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेमा महिला ६ सय ८१ र पुरुष ३ हजार ३ सय ३८ जना छन् ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल