विराटनगर ५ बैशाख ।
र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएकी युवतीको कोशी अस्पताल विराटनगरमा पीसीआर विधिबाट थ्रोट स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । मोरङको बुढीगंगा गाउँपालिका १ की युवतीमा कोरोना नेगेटिभ देखिए पछि बुढीगंगा गाउँपालिकाको त्यस क्षेत्रमा भइरहेको तनाव हल भएको छ ।
उनी भारतको बैङ्लोरबाट चैत १० गते नेपाल फर्किएकी थिइन् । र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएपछि शुक्रबार कोशी अस्पतालमा थ्रोट स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको विराटनगर महानगरका स्वास्थयमहाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।