विराटनगर ४ बैशाख /
पोखरिया मावि विराटनगरले १ लाख ५१ हजार २५ रुपैया बरावरको राहत सामाग्री प्रदान गरेको छ । विराटनगर महानगर मार्फत प्रदान गर्ने गरी चामल ,दाल र नुन लगायतका सामान प्रदान गरेको हो । विराटनगरका विपन्न तथा सिमान्तकृत बर्गका लागि राहत सामाग्री प्रदान गरिएको विद्यालयका प्राध्यानाध्यापक खेमराज भट्टराइले जानकारी दिए ।
जसमा २ हजार ५ सय ४४ केजी चामल ,३ सय २५ केजी दाल र २ सय २० केजी नुन रहेको छ । कोरोना सङक्रमण रोकथाम तथा न्यूनीकरण गर्न जारी गरिएको लकडाउनमा दुई छाक टार्न गाह्रो हुने परिवारलाई मध्यनजर गर्दै सो सहयोग विहिवार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई हस्तान्तरण गरिएको छ । सो राहत प्रदान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतम ,महानगर शिक्षा महासाखा प्रमुख दुर्गा खतिवडा लगायतको सहभागिता रहेको थियो ।