सामाजिक सन्जालमा आएका बिरुद्ध कानूनी बाटो अपनाउने
विराटनगर ४ बैशाख /
युबा बिद्यार्थी नेता त्रीभुषण गिरीले विभिन्न सामाजिक सन्जाल तथा अनलाइन मिडियाले आफ्नो चरित्र हत्या गरेको आरोप लगाएकका छन् । उनले विभिन्न सामाजिक सन्जालमा राजनैतिक पूर्वाग्रहका साथ केही मानिसहरुले आफ्नो चरित्र हत्या गरेको आरोप लगाएका हुन् । विराटनगर महानगरका मेयर भीम पराजुलीका स्वकिय सचिव समेत रहेका गिरीले विहिवार एक बिज्ञप्ति जारी गर्दै गलत प्रचारबाजीका विषयमा गभ्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले बास्तविकतामा रहेर मात्र प्रचार प्रसार गर्न र मानविय संवेदना बुझ्न आग्रह गरेका छन् । ब्याक्तिगतरुपमा भएका सामान्य विषयलाई लिएर घटना अतिरन्जित गरी हिरासतमा राखिएको ,पक्राउ गरिएको जस्ता कुराहरु सामाजिक सन्जालमा राखिएको भन्दै उनले आपत्ति जनाएका छन् ।