विराटनगर ३ बैशाख /
सेवा नै धर्म हो भन्ने नाराका साथ वडा नं. ६ शिव मन्दिर पछाडिका युवा समुहले विपन्न परिवारलाई खाना ख्वाउने कार्यक्रमलाई निरन्तरता दिएको छ । बिगत १३ दिन देखि बिराटनगरका सामाजिक अभियन्ता नबिन बिक्रम शाह र बद्री थापाको नेतृत्वमा दैनिक ६ सय जना बिपन्न नागरिकलाई खाना खुवाउने कार्य भइरहेको छ ।
नोबेल अस्पताल, बिराट अस्पताल, कोशी अस्पताल र शिव शक्ति जिम क्लब छेउमा नियमितरुपमा खाना ख्वाइरहेको अभियन्ता नबिन बिक्रम शाहले बताए । उनले लकडाउनको अबधिभर खाना ख्वाउने कामलाई निरन्तरता दिने बताए ।