काठमान्डौ ३० चैत्र /
पूर्वराजा ज्ञानेन्द्र शाहले घोषणा गरेको २ करोड रुपैयाँ सहयोग रकम राहतकोषमा जम्मा भएको छ । हिमानी ट्रष्ट मार्फत नेपाल सरकारको राहत कोषलाई आइतवार उपलब्ध गराएको छ । केही दिन अगाडी कोरोना उपचार कोषमा २ करोड सहयोग गर्ने घोषणा गरेका शाहले उक्त रकम कोषमा जम्मा गरेका हुन् ।
पूर्वराजाले गरेको सहयोगको धेरैले प्रशंसा गरेका छन् । पछिल्लो समय हिमानी ट्रष्टमार्फत सामाजिक क्षेत्रमा सक्रिय पूर्व राजाले नेपालीको जनजिविकोका बिषयमा बेला -बेलामा चासो राख्ने गरेका छन् ।