Birat Post शुक्रबार, चैत्र २८, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २८ चैत्र /
विराटनगरको मेनरोडमा साँढेको खुट्टामा लोटा अड्किएर हिंडडुल गर्न कठिनाई भोगिरहेको एउटा दृष्य बिहिवार सामाजिक सन्जालमा सार्वजनिक भयो । विराटनगरका निलम निरौलाले फेसवुकमा हालेको फोटोमा साँढेले भोगिरहेको कठिनाइ बारेमा थियो । निरौलाले कसै गरेपनि साँढेको खुट्टामा अड्किएको लोटा निकाल्न नसकेको दुखेसो फेसवुकमा गरेका थिए ।

फेसवुकमा चलेको चर्चा संगै यो कुरा विराटनगर महानगरका मेयर भीम पराजुलीकोमा पुग्यो । धार्मिक पृष्ठभूमिका उनले तत्कालै नगरका विभिन्न स्थानमा साढेको खोजि गरे तर साढे भेटिएन । विहिवार हराएको साँढे जैन भवनको छेउमा शुक्रबार विहान फेला प¥र्यो । त्यही सुचनाका आधारमा मेयर पराजुलीसहित नगर प्रहरीको टोलीले साँढेको खुट्टामा अड्किएको लोटा निकाल्न पुगे । नियन्त्रणमा लिएर साँढेको खुट्टाबाट लोटा निकालिएको छ । अगाडीको खुट्टामा अड्किएको लोटाका कारण खुर भाचिएको जनाएको छ । साँढे हराएको र भेटिएको चर्चा भन्दा पनि प्राणीजगतको सेवा पनि महत्वपूर्ण भएको मेयर पराजुलीले प्रतिक्रिया दिएका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल