विराटनगर १७ चैत्र /
लकडाउनका कारण उत्पन्न खानपिन गर्ने स्थानको अभावलाई मध्यनजर गर्दै नेपाली कांग्रेस विराटनगर महानगर समितिले नगरका अस्पतालमा रहेका बिरामी र बिरामी कुरुवाहरुलाई खाना ख्वाउने अभियान शुरु गरेको छ । मंगलवार विराटनगर स्थित नोवेल अस्पतालका बिरामीको उपचारका क्रममा कुरुवा बसेकाहरुलाई नगर कांग्रेसले खाना ख्वाएको छ ।
लकडाउनको समयमा उपचारमा रहेका र उनिहरुलाई रुग्न बसेकाहरुलाई खाना ख्वाइएको कांग्रेस नगरका कार्यबाहक सभापति अरुण न्यौपानेले जानकारी दिए । हस्पिटलमा १ सय ५० जना मानिसले भोजन गरेका छन् ।
खाना खुवाउने कार्यक्रममा कांग्रेस युवा नेता तथा विराटनगर महानगरका मेयर भीम पराजुली,नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य केदार कार्की,उपमेयर इन्दिरा कार्की,युवा नेता तथा वडा नंं४ का वडाध्यक्ष देवेन्द्र पोखरेल ,कांग्रेस वडाका सभापति राजकुमार तवदार ,विमलराज भण्डारी,बद्री कार्की,कांग्रेस नगरका सचिव प्रकाश दाहाल,युवा नेताहरु ज्ञानेश्वर नेपाल,त्रीभुषण गिरी ,सन्जिव चापागाइ,अक्षय सहनी,सुनिल थापा,केशव गिरी ,बिष्णु भुर्तेल लगायतको सहभागिता रहेको थियो ।