विराटनगर २५ चैत्र
कोरोना सक्रमणबाट जोगाउन १ नं.प्रदेश सरकारले नयाँ रणनीति बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यसखाले निर्णय गरेको हो । कोरोना संक्रमित संग सम्वन्धित रहि उपचारमा खटिदा ज्यान गुमाए ५० लाख राहत प्रदान गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।
प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी¸स्थानीय तहमा कार्यरत कर्मचारी,सुरक्षाकर्मी¸ एम्बुलेन्स चालक आदीले यो रकम पाउने छन् । प्रदेश १ सरकारको यो निर्णय संगै सरोकार सम्वन्धहरुले सकारात्मक निर्णय भएको टिप्पणी गरेका छन् ।