Birat Post आइतबार, चैत्र २३, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २३ चैत्र /

ज्योतिष शास्त्र अनुसार, आइतबार सूर्य ग्रहको दिन तथा चैत्र शुक्ल त्रयोदशी परेको छ  ( यस दिन चन्द्रमा सूर्यको राशि सिंह (राशि) मा अवस्थित हुनेछ । रात्री ९ बजेको समयमा तुला लग्नको उदय हुनेछ । यतिबेला राहु नवौं भावमा हुनेछ ।  एकसाथ दियो (दीप) बालेमा ब्रह्माण्डमा नवौं भाव सक्रिय हुन्छ । जसको विश्वमा सकारात्मक प्रभाव पर्ने छ ।

आइतबार साँझ नेपालीहरुले घरघरमा दीप प्रज्वलन गरेका छन् । साँझ ७ः७ बजेदेखि राति ९ बजेर ९ मिनेटको समयमा दीप प्रज्वलन गर्न उपयुक्त हुने हिन्दु धार्मिक गुरुहरुद्धारा आह्वान गरिए अनुरुप दीप प्रज्वलन भएको हो ।दीप प्रज्वलन गर्ने कुराको प्रभाव देशभरीनै परेको छ । कोरोनाको महामारी नफैलियोस भन्ने कामनाका साथ दीप प्रज्वलन गरिएको हो । हरेक खाले संकटको निवारण हेतु धार्मिक मान्यताका साथ दीप प्रज्वलन भएको हो ।

हिन्दु धर्म तथा मान्यताअनुसार आज विशेष योग रहेको र साँझ दीप प्रज्वलन गर्दा निकै शुभ हुने भएकाले सबै नागरिकलाई दीप प्रज्वलन गर्न आह्वान गरिएको हो । राती दीप बालेर प्राथना गर्दा विभिन्न तनावबाट छुटकारा मिल्नुका साथै मानिसमा सकारात्मक उत्साह बढ्ने भनाइ धार्मिक व्याख्याताहरुको छ ।आजको दिन सिद्धिकारक योग (दुर्लभ समय) परेकोले यस क्षणमा दीप प्रज्जवलन गरि विश्व कल्याण र शान्तिको काममा गर्न सबैमा अपिल गरिएको हो ।

ज्योतिष शास्त्र अनुसार, ( आइतबार सूर्य ग्रहको दिन तथा चैत्र शुक्ल त्रयोदशी परेको छ  ( यस दिन चन्द्रमा सूर्यको राशि सिंह (राशि) मा अवस्थित हुनेछ । ( रात्री ९ बजेको समयमा तुला लग्नको उदय हुनेछ । यतिबेला राहु नवौं भावमा हुनेछ । ( एकसाथ दियो (दीप) बालेमा ब्रह्माण्डमा नवौं भाव सक्रिय हुन्छ । जसको विश्वमा सकारात्मक प्रभाव पर्ने ज्योतिष अनन्त पराजुलीले बताए ।

 

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल