Birat Post आइतबार, चैत्र २३, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २३ चैत्र /
स्वास्थ्यकर्मीहरुको मनोवल गिराउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको निर्णयको सर्वत्र आचोलना हुन थालेको छ । स्वाथ्यकर्मी तथा चिकित्सकलाई आवश्यक पर्ने सुरक्षाका सामाग्रीहरु वेगर नै सेवा प्रवाहमा जुटिरहदा मन्त्रालयले गरेको निर्णयवाट आफुहरु निरास भएको चिकित्सकहरुले बताएका छन् ।

कोरोनाको उपचार तथा स्वास्थ्य सेवा संचालनमा बाधा पुर्याउने चिकित्सक तथा स्वास्थ्यकर्मीको लाइसेन्स खारेज गर्ने निणर्य मन्त्रालयले गरेको छ । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले विज्ञप्ती निकाल्दै स्वास्थ्य मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको लाइसेन्स गर्ने भनिएको निर्णय सच्याउन माग समेत गरेका हुन् ।

चैत १९ गते स्वास्थ्य मन्त्रालयमा बसेको सचिवस्तरको बैठकले निजी तथा सरकारी अस्पतालबाट प्रदान गरिने कोभिड १९ को उपचार तथा अन्य स्वास्थ्य सेवामा बाधा पुर्याउने चिकित्सक तथा स्वास्थ्यकर्मीको विवरण संकलन गरी भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी पेषागत इजाजत (लाइसेन्स) नै खारेज गरिदिने निर्णय गरेको थियो ।

स्वास्थ्य कर्मी र यसका अवस्थाको संवेदनशीलता नै नबुझी चिकित्सकको मनोबल गिराउने काम गरेको भन्दै संघले स्वास्थ्य मन्त्रालयको निर्णयको आलोचना गरेको हो ।संघले स्वास्थ्यकर्मी तथा चिकित्सकलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रयाप्त नभएको र आवस्यक प्रबन्ध गरेर काममा प्रोत्साहन गर्न माग गरेको छ ।

चिकित्सक संघद्धारा जारी बिज्ञप्ती :

 

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल