विराटनगर १७ चैत्र /
विराटनगरका सडक ,पेटीमा मागेर जिविका धान्ने तथा अति विपन्नहरुलाई सोमवार खाना ख्वाइएको छ । विराटनगर महानगरपालिका र श्रीश्याम परिवार विराटनगरको प्रयासमा खाना ख्वाइएको हो । विराटनगरका कोशी अस्पताल छेउ ,कालिमन्दिर र हनुमानदास रोडमै आश्रित रहेकाहरुलाई बाटामै खानाको ब्यबस्था गरिएको हो । बाटोमा जहाँ ,जहाँ मानिसहरु छन् त्यहाँ पुगेर खाना ख्वाउने प्रयास गरिएको श्रीश्याम परिवारका सचिव राकेश बंशलले जानकारी दिए ।
सडकमा मागेर गुजारा गर्ने साथै बिपन्न २ सय ६० जना मानिसले भोजन गरेका छन् । श्री श्याम परिवारको मुख्य संयोजनमा हुने यो कार्यक्रमले निरन्तरता पाउने र महानगरको समेत सहयोग रहने मेयर भीम पराजुलीले जानकारी दिए । खाना ख्वाउने कार्यक्रममा आफै सहभागी भएका पराजुलीले शुरक्षामा खटिएका प्रहरीलाई माक्स र सेनेटाइजर समेत बितरण गरेका थिए । विराटगरका व्यवसायी तथा समाजसेवी विकास चौधरी,अनिल प्रसाद ढकाल,विजयकुमार राठी,राजु अटल,मिथिलेस ठाकुर लगायत खाना ख्वाउने कार्यक्रममा सहभागि भएका थिए ।
सडकका केही दृष्यहरु :
तस्बिर: कौशल निरौला