विराटनगर १६ चैत्र /
बेल्जियममा एक बिरालोमा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । घरधनी बाट बिरालोमा कोरोना भाइरस सरेको खुलासा भएको छ । द ब्रसेल्स टाइम्समा उल्लेख भए अनुसार बिरालोका घरधनी हालै इटालीबाट फर्केका थिए । बिरालोको दिसा चेक गर्दा कोभिड–१९ को संक्रमण भएको पुष्टि गरिएको बताएको छ ।
विशेषज्ञहरुले भने यो घटना अपवाद भएको बताएका छन् । जनावर संक्रामक रोग विशेषज्ञले भने यस घटनाले नयाँ मोड लिएको बताएका छन् । यूनिभर्सिटी अफ घेन्टको भेटेरिनरी मेडिसिनका प्राध्यापक तथा संक्रामक रोग विशेषज्ञ हान्स नाउयन्कले यो घटना बाट आफु अचम्मित भएको बताएका छन् । लिग यूनिभर्सिटीको प्रयोगशालामा उक्त बिरालोमा संक्रमण रहेको पुष्टि भएको हो । एजेन्सी