काठमाडौं १५ चैत्र । नेपालमा पाँचौं कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन् । चैत्र ४ मा नेपाल आएकी उनी त्यसपछि गृह जिल्ला वागलुङ गएकी थिईन् । कोरोना परिक्षणका क्रममा पुष्टी भएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको छ । यसअघि चार जनामा कोरोना संक्रमण देखिएको थियो । चार मध्ये १ उपचार पछि घर फर्किसकेका छन् । विभिन्न जिल्लामा अहिले कोरोना आशंकामा मानिसहरु क्वारेन्टाइनमा बस्दै आएका छन् तर थप विवरण भने आउन बाकी रहेको छ । क्वारेन्टाइनमा बसिरहेकाहरु उच्च निगरानीमा रहेका छन् भने विदेशवाट हालै आउनेहरुको पहिचान गर्ने काम भइरहेको छ ।