विराटनगर १४ चैत्र /
नगरका अस्पताल र भिडभाडहुने स्थलमा डिस्फेक्सन स्प्रे छर्कर्दै
कोरोना सक्रमणको सम्भावित जोखिम नियन्त्रणका लागि विराटनगर महानगरले नगरक्षेत्रमा डिस्फेक्सन अर्थात निर्मलीकरण अभियानलाई निरन्तरता दिएको छ । मानिसको भिडभाड बढी हुने स्थानमा डिस्फेक्सन अभियान थालिएको मेयर भीम पराजुलीले जानकारी दिनुभयो । कोरोना सक्रमणवाट नगरवासीलाई जोगाउन यो अभियान फलदायी हुने मेयर पराजुलीको छ । बुधवार कोशी अस्पतालमा भाइरस मार्नका लागि महानगरले डिस्फेक्सन स्प्रे गरेको थियो । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार महानगरले आफ्नै ल्यावबाट डिस्फेक्सन स्प्रे बनाएको हो ।
अतिबिपन्न तथा गरिबका लागि राहतकोष
देशव्यापी लकडाउनवाट नगरक्षेत्रका अतिबिपन्न ,सुकुम्वासीहरुलाई पर्न सक्ने खाद्यान्न अभावलाई व्यवस्थापन गर्न बिपन्न कोषको बनाएको छ । कृर्षि विकास बैकको खाता नं ०६०१६०११४५९७३०४० मा राहतकोष जम्मा गर्न सकिने छ । त्यसका लागि महानगरले राजेन्द्र प्रधानलाई फोकस पर्सनकारुपमा तोकेको छ
२ सय २० बेडको क्वारेन्टाइनको ब्यवस्थापन
विराटनगर महानगरले विभिन्न संस्थाहरुको सहयोगमा २ सय २० वेडको क्वारेन्टाइनको ब्यवस्था मिलाएको छ । विराटनगरका उद्योगी तथा समाजसेवीहरुको सहयोगमा यो ब्यवस्थापन हुन सकेको हो । कोरोना भाइरसको सक्रमण बाट हुन सक्ने सभ्भावित क्षतीलाई रोक्न विराटनगरका विभिन्न समाजिक तथा धार्मिक संस्थाका प्रतिनिधिहरु तयार भए संगै यो सम्भव भएको हो । विराटनगर महानगरका मेयर भीम पराजुली ,अतिथि सदनका अध्यक्ष दिनेश गोल्छा,मारवाडी सेवासदनका अध्यक्ष देवकीनन्दन अग्रवाल,जैन भवनका अध्यक्ष जितेन्द्र गोल्छा,कालिसेवासदनका उपाध्यक्ष सुदर्शन श्रेष्ठ,रामजानकी सेवासदनका अध्यक्ष शिबरतन जोशी ,विराटनगर महानगरका सामाजिक विकास अधिकृत पुनम दाहाल लगायत बसेको एक छलफल पछि ती सेवासदनका कोठाहरु क्वारेन्टाइनका लागि प्रयोगमा आउने भएका छन् । एटेज ट्वाइलेट तथा वाथरुम सहितको कोठाहरु क्वारेन्टाइनमा बस्न आउनेहरुले पाउने छन् । विराटनगरमा रहेको अतिथि सदनमा ४० ,मारवाडी सेवासदनमा २० ,कालीसेवा सदनमा २० ,रामजानकी सेवासदनमा २० ,जैन भवनमा २० गरी डवल वेडको कोठाहरु क्वारेन्टाइन प्रयोजनमा आउने छन् । यस्तै महानगरले विरानगर स्थित वडा नं.१९ मा रहेको बैझनाथपुर स्वास्थ्य चौकीमा २० बेडको क्वारेन्टाइन बनाइएको छ । यी दुवैमा गरी २ सय २० वेड क्वारेन्टाइनका लागि तयारी अवस्थामा राखिएको मेयर पराजुलीले जानकारी दिए । उनले विभिन्न सामाजिक संघसंस्था तथा धार्मिक स्थलमा समेत आबस्यक परेको अवस्थामा थप क्वारेन्टाइन विस्तार गर्न सकिने बताए ।
अस्पताल तथा प्रहरीलाई मास्क वितरण
चिकित्सकहरुलाई स्तरिय माक्सको अभाव भइरहेका बेला विराटनगर महानगरले कोशी अस्पताललाई ५ सय एन नाइन्टी फाइभ माक्स उपलब्ध गराएको छ । यस्तै १ सय वटा सर्जिकल माक्स प्रदान गरेको छ । यसैगरी रंगेली अस्पताललाई ५ सय वटा माक्स प्रदान गरेको छ । विराटनगरको एपिएफ प्रहरीलाई २ सय माक्स , ५ लिटर सेनेटाइजर र १ हजार पिस ग्लोव्स प्रदान गरिएको विराटनगर महानगर स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
बिदेशवाट हालै घर फर्केकाहरुको पहिचान
विराटनगरका १९ वटै वडाका वडाध्यक्षको समन्वयमा विदेशवाट हालै घरमा फर्केका २ सय ५ जनाको पहिचान गरी सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । डाक्टहरुहरु संग समन्वय गरी उनीहरुललाई काउन्सिलि गर्ने काम गरिएको छ ।
माक्स तथा सेनेटाइजर कालोबजारीको पर्दाफास
महानगरले हालैमात्र माक्स कालोबजारीको पर्दाफास गरेको छ । ठूलो परिमाणमा लुकाइराखिएको सर्जिकल मास्क तथा सेनेटाइजर अनुगमनका क्रममा बरामद गरेको छ ।
मास्क तथा सेनेटाइजर नभेटिए पछि महानगरले अनुगमन गरेको थियो । महानगर स्तरिय उपभोक्ता संरक्षण तथा अनुगमन समितिका सदस्य सचिव राजेन्द्र प्रधान ,महानगर जनस्वास्थ्य महाशाखा ,औषधि व्यवस्था कार्यालय र जिल्ला प्रशासन सम्मिलित नेतृत्वले गरेको अनुगमन गरेको थियो । कालोबजारी नियन्त्रणका लागि अनुगमनलाई जारी राखेको छ ।
कोरोनाको विषयमा महानगरद्धारा चिकित्सकसंग परामर्श
कोरोना भाइरस सक्रमणको सम्भावित खतरालाई मध्यनजर गर्दै विराटनगर महानगरले चिकित्सकहरुसंग परामर्शलाई जारी राखेको छ । नगरका विभिन्न नीजि तथा सरकारी अस्पताल र चिकित्सकहरुको सहभागितामा महानगरले समन्वयका काम गरिरहेको छ ।