Birat Post बिहिबार, चैत्र १३, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १३ चैत्र /
विराटनगर महानगरले विभिन्न संस्थाहरुको सहयोगमा २ सय २० वेडको क्वारेन्टाइनको ब्यवस्था मिलाएको छ । विराटनगरका उद्योगी तथा समाजसेवीहरुको सहयोगमा यो ब्यवस्थापन हुन सकेको हो । कोरोना भाइरसको सक्रमण बाट हुन सक्ने सभ्भावित क्षतीलाई रोक्न विराटनगरका विभिन्न समाजिक तथा धार्मिक संस्थाका प्रतिनिधिहरु तयार भए संगै यो सम्भव भएको हो ।

विहिवार विराटनगर महानगरका मेयर भीम पराजुली ,अतिथि सदनका अध्यक्ष दिनेश गोल्छा,मारवाडी सेवासदनका अध्यक्ष देवकीनन्दन अग्रवाल,जैन भवनका अध्यक्ष जितेन्द्र गोल्छा,कालिसेवासदनका उपाध्यक्ष सुदर्शन श्रेष्ठ,रामजानकी सेवासदनका अध्यक्ष शिबरतन जोशी  ,विराटनगर महानगरका सामाजिक विकास अधिकृत पुनम दाहाल लगायत बसेको एक छलफल पछि ती सेवासदनका कोठाहरु क्वारेन्टाइनका लागि प्रयोगमा आउने भएका छन् । एटेज ट्वाइलेट तथा वाथरुम सहितको कोठाहरु क्वारेन्टाइनमा बस्न आउनेहरुले पाउने छन् । विराटनगरमा रहेको अतिथि सदनमा ४० ,मारवाडी सेवासदनमा २० ,कालीसेवा सदनमा २० ,रामजानकी सेवासदनमा २० ,जैन भवनमा २० गरी डवल वेडको कोठाहरु क्वारेन्टाइन प्रयोजनमा आउने छन् ।

यस्तै महानगरले विरानगर स्थित वडा नं.१९ मा रहेको बैझनाथपुर स्वास्थ्य चौकीमा २०  बेडको क्वारेन्टाइन बनाइएको छ । यी दुवैमा गरी २ सय २० वेड क्वारेन्टाइनका लागि तयारी अवस्थामा राखिएको  मेयर पराजुलीले जानकारी दिए । उनले विभिन्न सामाजिक संघसंस्था तथा धार्मिक स्थलमा समेत आबस्यक परेको अवस्थामा थप क्वारेन्टाइन विस्तार गर्न सकिने बताए । उद्योगी तथा समाजसेवी दिनेश गोल्छाले देशले संकट भोगिरहेको बेला सहयोगको जरुरत रहेको बताए । क्वारेन्टाइनका लागि कोठाहरु प्रदान गर्नु धर्म भएको भन्दै अन्य सहयोगी मनहरुलाई सहयोग गर्न आग्रह गरे । महानगरले कोरोना सक्रमण नियन्त्रणका लागि गरिरहेका पूर्व तयारीहरुका विषयमा वाहा,वाही पाएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल