Birat Post मंगलबार, चैत्र ११, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

कौशल निरौला ,विराटनगर ११ चैत्र /
विराटनगर रानी नाकाबाट नेपाल र भारत दुबैतर्फ प्रवेशमा रोक लगाइए संगै सिमा क्षेत्रमा अलपत्र परेका ४२ नेपाली नागरिकलाई मोरङ स्थित टाडीमा नेपाली सेनाले बनाएको क्वारेन्टाइनमा पठाएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीको अग्रसरतामा स्वास्थ्य टोली सहित सिमाक्षेत्र पुगी उनीहरुलाई क्वारेन्टाइन पठाएको हो । उनीहरुलाई गाडी रिजर्भ गरी आबश्यक मास्क ,खाने कुराको प्रबन्ध गरी पठाएको थियो ।

भारतका विभिन्न ठाँउबाट आएका नेपाली नागरिक सिमा क्षेत्रमा रोकिएका थिए । उनीहरुलाई नेपाल तर्फको सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोकेको थियो । आबश्यक समन्वय गरी उनीहरुलाई क्वारेन्टाइन पठाइएको मेयर पराजुलीले जानकारी दिए । नगरको स्वास्थ्य शुरक्षा प्रमुख दायीत्व भएको भन्दै सवै संयन्त्र प्रयोगमा ल्याइने मेयर पराजुलीले बताए । महानगरका स्वास्थ्यमहाशाखा प्रमुख रमेश कार्कीले सहमतिमै उहाहरुलाई  क्वारेन्टाइनमा राखिन लागेको बताए । यसले गर्दा सवैलाई सहज हुने भन्दै सहयोगी भुमिका खेल्दिन कार्कीले आग्रह गरे ।

सिमाक्षेत्रमा अलपत्र नेपाली नागरिक र त्यहाँको अबस्थाका केही दृष्य :

 

 

सम्बन्धित

ताजा अपडेट
बचतकर्ताको डुबेको रकम फिर्ता गर्न अध्यादेश ल्याउँदै सरकार
एमालेको सचिवालय बैठक आज बस्दै
सरकारविरुद्ध सडकमा जाने तयारीमा राप्रपा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल