Birat Post आइतबार, चैत्र ०९, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ९ चैत्र /
भारत संग चार वटा वडाको सिमा जोडिएको विराटनगर महानगरले सीमाबाट यात्रु आवागमन रोक्ने सरकारको निर्णयको स्वागत गरेको छ । सरकारले भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक सातासम्म रोक्न गरेको निर्णयको विराटनगर महानगरले स्वागत गरेको हो ।

विराटनगर महानगरको दक्षिणतर्फका चारवटा वडाहरु १५,१६,१७,१८ भारतको सिमासग जोडिएको छ । भारतमा कोरोना सक्रमण फैलदै गर्दा महानगर चिन्तित भएको थियो । सिमावर्ती क्षेत्रमा कोरोना सक्रमण बढीरहदा हामीले पूणरुपमा  सीमानाका बन्द गर्नु पर्छ भन्ने पक्षमा आवाज उठाइरहेका थियौ “विराटनगर महानगरका मेयर भीम पराजुलीले भने ,,। सरकारले ढिलो भए पनि सीमा बन्द गर्ने स्वागतयोग्य निर्णय  गरेको बताए । उनले समय अनुकुल नभए सम्म सीमा नखोल्न सरकार संग आग्रह गरे ।

यो संगै महानगरले सर्बपक्षिय भेला गरी संघीय सरकारलाई सीमाक्षेत्र बन्द गर्न भन्ने आग्रह सहितको पत्र लेखेर पठाएको थियो । यस संगै आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि चैत १० गते विहान १० बजेबाट एक साता अर्थात १६ गतेसम्म सबै अन्तर्रािष्ट्रय नाकाबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको छ । चौतर्फी दवाव संगै नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो तर भारतले समयमै उत्तर नदिदा  सीमानाका बन्द हुन सकिरहेको थिएन । भारतको अपुष्ट नितिका बावजुत नेपाल सरकारले पनि एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल