कौशल निरौला आइतबार, चैत्र ०९, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ९ चैत्र   /  ठूलो परिणाममा   लुकाइ राखिएको सर्जिकल मास्क तथा सेनेटाइजर विराटनगर महानगरले अनुगमनका क्रममा बरामद गरेको छ ।बजारमा मास्क तथा सेनेटाइजर नभेटिए पछि महानगरले अनुगमन गरेको थियो । महानगर स्तरिय उपभोक्ता संरक्षण तथा अनुगमन समितिका सदस्य सचिव राजेन्द्र प्रधान ,महानगर जनस्वास्थ्य महाशाखा ,औषधि व्यवस्था कार्यालय र जिल्ला प्रशासन सम्मिलित नेतृत्वले अनुगमन गरेको हो । अनुगमनका क्रममा वडा नं. ९ स्थित श्री सर्जि इम्पेक्सबाट ११ हजार ३ सय ५० थान मास्क र २ सय पिस सेनेटाइजर बरामद भएको प्रधानले जानकारी दिए । बरामद गरिएको २ सय थान सेनेटाइजरमा अधिकतम खुद्रा मूल्य उल्लेख गरिएको छैन ।

महानगर जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले कालोबजारी गरिरहेको सूचना पाए सगै छापा मारेको जानकारी दिए । उनले विभिन्न स्थानमा थप बल सहित अनुगमन गर्ने बताए । स्वास्थ्य जस्तो संवेदनशिल विषयमा गरिने गलतकामको माफि दिन नसकिने बताए ।
यसै क्रममा औषधि व्यवस्था विभागका प्रमुख सञ्जीव शर्मा कट्टेलले सञ्चालक राजेश अग्रवालले गलतरुपमा कारोवार गरेकाले कारबाहि गर्नुको विकल्प नभएको बताए । महानगरले अग्रवाललाई नियमत कार्वाहिका लागि रिफारिस गरेको थियो ।

कालो बजारीमा संलग्न अग्रवाललाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ खण्ड (ङ )को कसुर बकोजिमको कसुर गरिएको देखिएकाले सोही ऐनको दफा ३९ को उपदफा १ खण्ड (ख) अनुसार ३ लाख जरीवाना सहित कारबाही गरिने वार्णिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका कार्यालय प्रमुख हिमालय बरालले जानकारी  दिए । अग्रवाल अहिले जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेका छन् । अनुगमनमा महानगरका खाद्य प्राविधिक धिरज राइ ,जनस्वास्थ्य निरिक्षक हैदर अली लगायतको सहभागिता रहेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल