चैत्र ७ विराटनगर /
विराटनगर महानगर र मस्जिदको सहकार्यमा कोरोनाको प्राथमिक परिक्षण गरिएको छ । विराटनगर स्थित वडा नं ९ मा रहेको जामे मस्जिदमा कोरोनाको प्राथमिक परिक्षण अन्तरगत तापक्रम मापन गरिएको हो । शुक्रबारका दिन नमाज पढ्न मस्जिदमा मुस्लिम समुदायको बाक्लो उपस्थिती हुने गर्दछ ।
कोरोनाको सन्त्रास फैलिरहेका बेला मस्जिदमा तापक्रम मापन गरिएको यो पहिलोपटक हो । नमाज पढ्ने समय मिलाएर कोरोनाको प्राथिमक परिक्षण गरी मस्जिद प्रबेश गराएको मुस्लिम युवा नेता मुसरफ खानले जानकारी दिए । महानगरले गरेको यसखाले कार्यको उनले प्रशंसा समेत गरे । यसखाले कार्यलाई निरन्तरता दिइने खानले बताए ।