Birat Post शनिबार, चैत्र ०१, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

👉 १. पूरा ब्रह्माण्डको धर्मको मूल ग्रन्थ चार वेद नै हो । अन्य कुनै पनि ग्रन्थलाइ धर्मको मूल ग्रन्थको रूपमा स्वीकार गर्न सकिदैन ।
👉 २.चार वेदको ज्ञान ईश्वरले आफै दिनु भएको हो ।
👉 ३.वेदको ज्ञान मनुष्यको कल्याणको लागि हो । वेद पढ़न कुनै वर्ग विशेषको एकलौटी अधिकार छैन ।
👉 ४ .वेद पढ़ने पढाउने अधिकार प्रत्येक नारी तथा पुरुष अथबा मनुष्य मात्र को हो ।
👉 ५. ऋषि द्वारा लिखिएको सबै ग्रन्थ सबै नियम स्वीकार गर्न सकिन्छ जून ज्ञान र नियम बेद अनुकूल छ अर्थात बेद अनुकूल ज्ञान भएका ऋषिद्वारा लेखिएका ग्रन्थको ज्ञान र नियम लाइ स्वीकार गर्न सकिन्छ र गर्नु पर्छ ।
👉 ६. मनुष्यद्वारा रचना गरिएका सबै ग्रन्थ धर्म ग्रन्थको सीमा भन्दा बाहिर छन । धर्म ग्रन्थको रूपमा ति ग्रन्थको कोही मान्यता छैन ति सबै ब्यबहरिक ज्ञान हुन ।
👉 ७। बेद नै इतिहासको मुख्या जरा हो । बेदबाट इतिहास शुरू हुन्छ । त्यसैले वेद नै सबैको इतिहासको को पनि इतिहास हो यो आफै स्वतः प्रमाण हो । वेदमा जो लिखिएको छ त्यो पूरा प्रामाणिक र सत्य छ । बेदज्ञान को लागि कुनै प्रमाणको अबश्यकता पर्दैन अर्थात प्रमाण को पनि प्रमाण हुदैन ।
👉 ८. वेदमा सत्य, धर्म, ज्ञान(विज्ञान अध्यात्म, ब्यबहरिक सबै ज्ञान र सबै सत्य विद्या छन यो सत्य ज्ञान कहिले परिबर्तन हुदैन ।
👉 ९. वेदको सबै ज्ञान(विज्ञान मनुष्यको जीवनको चार पुरुषार्थ धर्म, अर्थ, काम र मोक्ष सिद्धिको लागि हो ।
👉 १०. वेदलाइ पढ्नु पढाउनु बेद जन्नू र बेद अरुलाई सिकाउनु सबै मनुष्यको लागि आबश्यक छ । बेद ज्ञान कुनै लिङ्ग बिशेष को लागि हैन ।
👉 ११. बालक हो या बालिका, नारी होस या पुरुष, ब्राह्मण हो या शूद्र सबैले बेद ज्ञान जान्ने अधिकार छ । त्यो बेदज्ञान नै सत्य हो बेद सबै मनुष्यको लागि ज्ञान हो ब्यक्ति बिशेषको लागि हैन ।
👉 १२. ईश्वर केवल अद्वैत हुनुहुन्छ । ईश्वर निराकार, सृष्टि कर्ता, आजन्मा, अजर, अमर, अभय, सर्वज्ञ, सर्वव्यापक, सर्वशक्तिमान, अकायम आदि अनन्त दिव्य गुण द्वारा सम्पन्न हुनुहुन्छ । यही गुणद्वारा सम्पन्न ईश्वरको उपासना अर्थात भक्ति गर्नु पर्छ ।
👉 १३. सूर्य, चन्द्र, ताराहरु, जल, वायु, अग्नि यी सबै दिव्य शक्ति सम्पन्न जड़ पदार्थ हुन । यी पदार्थ सबैमा आफ्नो शक्ति छैन । यी सबैलाइ ईश्वर सम्झेर जड़ पदार्थ सबैको भक्ति गर्नु अज्ञान हो । यी सबै दिब्य, चेतन तथा करण शक्ति ईश्वरद्वारा नै चलाइन्छ । ईश्वर चेतन, दिब्य, र करण शक्ति हुनुहुन्छ । त्यही चेतन, दिब्य शक्ति ईश्वरको भक्ति गर्नु पर्छ ।
👉 १४। वेदमा अद्वैत तथा निराकार ईश्वरको अनेक नामले सम्बोधन गरिएको छ ति नाम सबै गुण बाचक नाम हो तर अद्वैत ईश्वर को निज नाम ॐ हो ।
👉 १५. बेदमा भनिएको छ मनुष्यले आफुले गरेको कर्मको फल अबश्य मिल्ने छ । चाहे त्यो कर्म आशक्तिभाब सहितको कर्म होस या त्यो कर्म निराशक्त भाब कर्म नै किन नहोस । सबै कर्मको फल मिल्ने छ । जन्म, स्वर्ग, नरक र मोक्ष्य यी सबै मनुष्यले गरेको कर्मको कर्मफल हो । जसले जे जस्तो कर्म गर्छ त्यसले नै त्यो कर्मफल भोग्छ ।
👉 १६ .एक मनुष्यले गरेको कर्मको फल अर्को मनुष्यले प्राप्त गर्न सक्दैन जसले जे चाहेर कर्म गर्यो त्यस कर्मको फल त्यसैले नै प्राप्त गर्छ ।
👉 १७. मुक्ति या मोक्ष्यको लागि निराशक्त कर्म र योग साधन अनिवार्य छ । अन्य अनेक प्रकारका परम्पराले र पूजाले मुक्ति हैन स्वर्ग प्राप्त गर्न सकिन्छ । स्वर्गमा आफुले गरेको कर्मको कर्मफल भोगे पछि फेरी जन्म लिनु पर्छ ।
👉 १८. चार वर्ण र चार आश्रम मनुष्य र मनुष्य समाजको समुचित उन्नतिको लागि आवश्यक छ । जन्मद्वारा नै कोही ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र हुदैन । यी चार बर्णको आधार मनुष्यको गुण, कर्म र स्वभाव अनुसार हुन्छ ।
👉 १९. ईश्वर, जीव र प्रकृति तीन अनादि तत्व हो । ईश्वर चेतन शक्ति हो । आत्मा ईश्वरको अंश हो । प्रकृति जड़ बस्तु हो ।
👉 २०. वैदिक धर्म बुद्धिवादी धर्म हो । अत वैदिक धर्ममा कुनै प्रकारका हत्या हिंसा अन्धविश्वासको कुनै स्थान छैन ।

सुदर्शन अधिकारी आर्यको पेजवाट

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल