विराटनगर ३० फागुन /
कोरोना भाइरस संक्रमणको आशंका गरिएका दुई बिरामीलाई कोसी अञ्चल अस्पताल विराटनगरले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रेफर गरिएको छ । रुघा,खोकी र उच्च ज्वरोको लक्ष्यण देखिएकाले दुई जनालाई उपचारको लागि रिफर गरिएको हो । उनीहरु दुवैजना केहीदिनअघाडी विदेशबाट आएको बताइएको छ । बेरामीको पूर्ण परिचय भने गोप्य राखिएको छ ।
कोसी अस्पतालका डा. लक्ष्मीनारायण यादवले दुई जनालाई थप उपचार र परीक्षणको लागि धरान पठाइएको जानकारी दिए । कोरोना आशंकामा धरान रिफर गरिएको हो तर एकिन हो भन्ने होइन । जो कसैले पनि आशंका लागेका तत्काल चिकित्सकको परामर्श लिन आग्रह गरे । अहिले सिजनल फ्लु समेत रहेकोले डराइहाल्नुपर्ने स्थिती नरहेको बताए । आफ्नो स्वास्थ्य अबस्था र प्रकृति हेरेर आशंका भए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न डां.यादवले आग्रह गरे ।