Birat Post बिहिबार, फाल्गुण २२, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २२ फागुन /

विराटनगरमा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर ‘इनोभेटिभ लेडि रोड रन २०२०’ हुने भएको छ । लियो क्बल अफ विराटनगर ईनोभेटिभ र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटको विस्तारित गरेको शाखा मदर एण्ड चाइल्ड हस्पिटलको सहकार्यमा आइतबार उक्त प्रतियोगिता हुने भएको छ ।
अस्पतालले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरि तेस्रो संस्करणको इनोभेटिभ लेडि रोड रन प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको जानकारी गराएको छ । प्रतियोगितामा २ सय ५० भन्दा बढी महिलाहरूले भाग लिने कार्यक्रम संयोजक अंकिता कट्टेलले जानकारी दिइन् । दौड प्रतियोगिता सकिएपछि सचेतना मुलक कार्यक्रम हुने बताइएको छ ।

प्रतियोगिताको प्रथमले नगद ५ हजार रुपैयाँको साथै १० लाख रुपैँयाको जीवन विमा हुनेछ भने अन्य बिभिन्न पुरुस्कारहरु प्राप्त गर्नुहुनेछ । यस्तै द्धितीय हुनेले ३ हजार रुपैयाँ र २ लाख ५० हजारको विमा हुनेछ । तृतीय हुनेले २ हजार ५ सय रुपैयाँ रहेको छ भने अन्य थुप्रै सरप्राइज पुरुस्कारहरु प्राप्त गर्नेछन् । .
दोस्रो चरणमा मदर एण्ड चाइल्ड हस्पिटलका बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. स’भद्रा अग्रवालले महिलाहरूको स्वास्थ्य सम्बन्धी सचेतामुलक कार्यक्रम गरिने भएको छ । यस्तै न्युरो हस्पिटलका वरिष्ठ विशेषज्ञ फिजिसियन डा. अग्रज उप्रेतीले कोरोना भाइरस सम्बन्धी सचेतामुलक कार्यक्रम गर्ने बताइएको छ ।

मदर एण्ड चाइल्ड हस्पिटलमा स्त्री तथा प्रसुती सेवा सम्बन्धी हरेक शुक्रबार निःशुल्क स्वास्थ्य परीक्षण र ल्याबमा २५ प्रतिशत छुट रहेको अस्पतालले जनाएको छ ।  यस्तै , न्यूरो हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्ट्राईले स्वस्थ्य समाज निर्माण हेतु एवम सामाजिक उतरदायित्वलाई मध्यनजर गर्दै न्यूरो हस्पिटलले यस अघि पनि प्रदेश भरिका बिभिन्न ठाँउहरुमा सचेतनामुल्क कार्यक्रम भइरहेको बताए ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल