विराटनगर २१ फागुन /
घरेलु महासंघ मोरङले प्रदेश नं. १ का उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री बिजय बिस्वासलाई भेटी साना घरेलु उद्योगका समस्याहरु समाधान गर्न माग गरेका छन् ।
बुधवार महासंघ मोरङका अध्यक्ष नरेन्द्र हुमागाइको नेतृत्वमा गएको टोलीले साना उद्योगीका समस्याका विषयमा उद्योगमन्त्री संग छलफल गरेको थियो । यस्तै उद्योग सञ्चालन र स्थापनामा राज्यले दिनुपर्ने सहुलियत र प्रोत्साहन ,साना उद्यमीले समाजमा दिइरहेको योगदानका विषयमा राज्यले गम्भिर भएर लगानीमा सहजता प्रदान गर्नुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराइएको घरेलु महासंघ मोरङका महासचिव गोपाल काफ्लेले जानकारी दिए । मन्त्री बिस्वासले घरेलु महासंघले उठाएका जायज माग संबोधन गरिने आश्वासन दिएको काफ्लेले बताए ।