विराटनगर १३ फागुन /
शैक्षिक बेरोजगार युवा जनशक्तिलाई विराटनगर महानगरपालिका वडा नं.१ ले निशुल्क लोकसेवा आयोगको तयारी कक्षा दिने भएको छ । निजामती सेवा अप्राबिधिक तर्फका नायब सुब्वा ,खरिदार तथा संस्थान तर्फका प्रथम पत्रलाई सहयोग हुने उदेश्यका साथ निशुल्क कक्षा दिन लागिएको वडाध्यक्ष उद्धब अर्यालले जानकारी दिए । निशुल्क तयारी कक्षा लिन चाहने वडावासीहरुले फागुन १५ गतेभित्र १ नम्बर वडा कार्यालयमा सम्पर्क राख्न अनुरोध समेत गरेको छ । तयारी कक्षा सञ्चालन भए संगै वडामा रहेका सयौ युवा,युवतीहरु लाभान्वित हुने अपेक्षा वडा कार्यालयले गरेको छ ।