Birat Post सोमबार, फाल्गुण १२, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १२ फागुन /
अपाङ्गताका क्षेत्रमा कुनैखाले समस्या हुन नदिन प्रदेश नं.१ मा विशेष कार्यक्रम सञ्चालन भएको छ ।
समाजिक विकास मन्त्रालय मार्फत सञ्चालित सो कार्यक्रम अन्तर्गत पहिलो चरणमा प्रदेशमा २८ वटा स्थानीय तहमा सम्पन्न गरिसकेको छ भने दोस्रो चरणको कार्यक्रम अन्तर्गत सुनसरी, मोरङ, भोजपुर र संखुवासभाका ३१ वटा स्थानीय तहमा कार्यक्रम शुरु भएको छ । यस कार्यक्रमले प्रत्येक स्थानीय तहमा रहेका अपाङ्गता भएका व्यक्तिको सूचि तयार गर्ने र उनीहरुलाई समाजमा पुनःस्थापना गर्नुका साथै अपाङ्गता भएको बालबालिका जन्मन नदिन पनि सचेतना जागृत गराउनु अभियानको लक्ष्य हो । मातृशिशु तथा बाल स्वास्थ्य र पोषण सेवामा सबै समूहहरुको पहुँच तथा उपभोग वृद्धि गर्ने, अपाङ्गता भएका व्यक्तिहरु र तिनका परिवारको जीवनको गुणस्तर सुधार ल्याउने र स्थानीय तहका सेवा प्रदायक संस्थाहरुको सुदृढीकरणमा सहयोग पु¥याउने अभियानको थप उद्देश्य हो । यस अभियानमा करुणा फाउण्डेशन नेपाल र प्रदेशका सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग स्थानीय तहको खातामा जाने र अभियानलाई सफल बनाउन स्थानीय तहको भूमिकालाई जवाफदेहिता बनाउने मन्त्रालयको कार्ययोजना रहेको छ ।
शारीरिक अपाङ्गता, दृष्टि सम्बन्धी अपाङ्गता न्यून दृष्टियुक्त तथा दृष्टिविहीनता), सुनाई सम्बन्धी अपाङ्गता(बहिरा तथा सुस्तश्रवण), श्रवण दृष्टिविहीनता अपाङ्गता, स्वर बोलाई सम्बन्धी अपाङ्गता, बौद्धिक अपाङ्गता, अनुवंशीय रक्तश्राव(हेमोफिलिया) सम्बन्धी अपाङ्गता, अटिज्म सम्बन्धी अपाङ्गता र बहुअपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन,२०७४ ले गरेको वर्गीकरणबाट संविधानको धारा १६, १८,२४,३१,३८, ३९,४२ र ४३ ले अपाङ्गता भएका व्यक्तिहरुको मौलिक हक स्थापना गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । कार्यक्रमका लागि प्रदेश सरकारले रु.६१ लाख ८० हजार, करुण फाउण्डेशन नेपालले रु.६२ लाख ४४ हजार र स्थानीय तहहरुले रु.६१ लाख ८० हजार त्रिपक्षीय रुपमा खर्च गर्न सम्झौता भएको छ ।
प्रदेश नं.१ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना’ कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी(बराल)ले अपाङ्गताका विविध पक्षमा आफना् कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशमा चार वर्ष भित्रमा अपाङ्गता निर्मूल पार्ने बताउनु भएको छ । उहाँले समाजमा देखिएका अपाङ्गतालाई पुनःस्थापना गरी विद्यालयको शिक्षाको गुणस्तरमा पनि वृद्धि गर्ने धारणा राख्दै अपाङ्गता उन्मूलन गर्ने कार्यक्रम महत्वाकाँक्षी भएपनि यसमा सबैको सहयोगको खाँचो औँल्याउनु भयो । मन्त्री घिमिरेले नयाँ नेपाल निर्माणमा अपाङ्गता भएका व्यक्तिहरुको समान सहभागिता जनाउन यो कार्यक्रमले मद्दत गर्ने भन्दै अपाङ्गता भएको बालबालिका जन्मन नै नदिन बच्चा जन्माउन चाहने दम्पतिलाई तीन महिना अगावै सतर्कता अपनाउन कार्यक्रमले सहयोग गर्ने जानकारी दिनुभयो ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल