अध्ययन भइरहेको छ
चितवन १० फागुन /
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् । शनिवार पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसिसी परिमार्जनसहित अनुमोदन गरिने र यसका लागि अध्ययन भइरहेको बताए ।
अध्यक्ष दाहालले सरकारको कामका विषयमा आजदेखि शुुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताए । वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा पक्ष र कामले छोपेको भन्दै उनले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताए ।