Birat Post आइतबार, पुष ०६, २०७६ मा प्रकाशित

featured photo: Birat Post
विराटनगर ६आइतवार   ,
बालबालिकाहरुको प्रतिभा तथा क्षमता बिकास गर्ने उद्धेश्यका साथ विराटनगर महानगरपालिकाले नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । नगर बालक्लव सञ्जालको संयोजनमा भएको पहिलो सिजनको कार्यक्रममा महानगरका १९ वटै वडाबाट चयन भएका १९ टीमहरु बीच प्रतिस्पर्धा भएको थियो । वडा नं १ वडा नं ३ वडा नं ४ वड नं ८ वडा नं १० र वडा नं ११ का विद्यार्थी फाईनल प्रबेश गरेका थिए । ६ वटा टीमहरुबीच शनिवार भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा बिराटनगर ३ बाट प्रतिनिधित्व गर्ने टीम पोलस्टार सेकेण्डरी बोर्डिङ स्कूल प्रथम भएको छ भने बिराटनगर ११ बाट प्रतिनिधित्व गर्ने टीम बालक्ल्याण बिद्या मन्दिर द्वितीय र बिराटनगर ८ बाट प्रतिनिधित्व गर्ने बाल्मिकी सेकेण्डरी बोडिङ स्कुल तृतीय भएका छन । प्रतियोगितामा बिजयी टीमहरुलाई नगद, ट्रफि र प्रमाण पत्र सहित पुरस्कृत गरिएको थियो । बिराटनगर महानगरपालिका सामाजिक बिकास समितिका संयोजक तथा ११ नं वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा वडा नं १० का वडाध्यक्ष माधवराज वाग्ले, वडा नं १ का वडाध्यक्ष उद्धव अर्याल, वडा नं ३ का वडा सदस्य कैलास भट्टराई बिराटनगर महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख डिल्ली प्रसाद धिमाल सोहि शाखाका किरण न्यौपाने तथा छाया राई, नगर बालक्लव सञ्जालका पुर्व अध्यक्षहरु श्यामकृष्ण गुप्ता, प्रितम साह लगायतको सहभागिता रहेको थियो । समापन कार्यक्रमको अध्यक्षता नगर बालक्लव सञ्जालकी अध्यक्ष प्रज्ञा गौतमले गर्नु भएको थियो कार्यक्रम संचालन नगर बालक्लब सञ्जालका सचिब सुवर्ण प्याकुरेलले गर्नु भएको थियो । हाजिरी जवाफ कार्यक्रमको होस्टको रुपमा श्यामकृष्ण गुप्ता, ओशन शर्मा, सुवर्ण प्याकुरेल तथा प्रबिधि तर्फ उदिप पोखरेलले आफ्नो भूमिका निर्बाह गर्नु भएको थियो । कार्यक्रममा सह प्रयोजकको रुपमा मार्बेल टेक्नोप्लाष्ट प्रा.लि.हात्तिमुढाले समेत सहयोग गर्ने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल