मंसिर १५ आइतवार,
विराटनगर महानगरपालिकाको जामुुनगाछी चौक स्थित जामुुनेश्वर मार्गमा पक्कि नाल निमार्ण हुुने भएको छ । महानगरपालिकाले डुुवान समस्या समाधान गर्न ४ र ५ नम्वर वडालाई जोडनेगरि १ दशमलव ५ किलोमिटर आरसिसि पक्कि नाला निमार्णगर्न लागेको ।
पक्कि नालाको आज एक कार्यक्रमका विच नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाला र विराटनगर महानगरपालिकाका प्रमुुख भिम पराजुुलीले सयुुक्त रुपमा शिलान्यास गर्नुुभयो ।
आठ महिनामा काम सम्पन्नगर्नेगरि शुुरु गरिएको सो नालाको निमार्ण लागत भ्याट सहित ११ करोड ४९ लाख ८३ हजार रुपैया रहेको छ । सो नाला आठ सिसिको हुुने जनाइएको छ ।
कार्यक्रममा वोल्दै कांग्रेस केन्द्रिय सदस्य कोइरालाले तोकिएको समयमा काम सम्पन्नगर्नुुपर्नेमा जोड दिनुुभयो । विराटनगर महानगरपालिकाका प्रमुुख पराजुुलीले विकास निमार्णको कामको गुुणस्तरमा महानगपालिकाले कुुनै सम्झौता नगर्ने भन्दै गुुणस्तरयुक्त कामगर्न आग्रह गर्नुुभयो ।
महानगरपालिकाका प्रमुुख प्रसासकिय अधिकृत एकदेव अधिकारीले विराटनगरका १९ वटैवर्डामा विकास निमार्णको काम तिव्रगतिमा भइहेको वताउनुुभयो । नाला निमार्ण गर्ने जिम्मा श्रेष्ठ खुुश्वुु जेवीले लिएको छ । सो क्षेत्रमा व्यवस्थित नहुुदा वडावासीहरुले वर्षायाममा डुुवान समस्या झेल्दै आएका छन । कार्यक्रममा प्रदेश सभा सदस्य केदार कार्की,चुमनारायण तवदार वडा नं ४ का वडाध्यक्ष देवेन्द्र पोखरेल,वडा नं ५का वडाध्यक्ष मीनकुमार आचार्य लगायतको सहभागिता रहेको थियो ।