धरानका मुस्लिमले कांग्रेसलाई सहयोग गर्ने
धरान ६ मंसिर,
धरानमा चुनावी प्रचार प्रसारले रौनकता थपिएको छ । कांग्रेसका लागि सुनौलो अवसर समेत आएको चर्चा धरानमा चुलिदो छ । शुक्रवार पुर्वगृहमन्त्री कृष्ण सिटौला,मेयर भीम पराजुली सहित कांग्रेसको चुनाव प्रचार कार्यक्रम भव्य भएको छ । धरान ३ स्थित जामे मस्जिदमा मुस्लिम समुदायले भब्य स्वागत गरेका छन् । शुक्रबार भएकोले धार्मिक प्रार्थना पछि मस्जित अगाडी भएको कार्यक्रममा धरानका मुस्लिम समुदायले स्वागत गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी समेत पुगेका थिए ।
मुस्लिम समुदायले गरेको सम्मान कार्यक्रमबाट बिपक्षीदलका नेताहरु तर्सित रहेको अन्सारीले बताए । यसपटकको चुनावमा धरानका मुस्लिमले सहयोग गर्ने अन्सारीको भनाइ थियो ।