Birat Post मंगलबार, बैशाख ०२, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२ बैशाख ।
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन आज हुँदैछ । उपसचिवमा उठेकी युवा नेतृ कला डाँगीको सम्भावना अत्याधिक बढेको छ ।
संस्थापन पक्षबाट महिला उपसचिव पदमा उम्मेदवारी दिएकी कला डाँगीको राजनीतिक यात्रा निकै रोचक छ। उनले आफ्नो राजनीतिक जीवनको थालनी २०६० सालमा महेन्द्र मोरङ क्याम्पसबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) मार्फत गरेकी थिइन्।

विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा अहिले श्रमिक र व्यावसायिक संगठनहरूसम्म फैलिएको छ। हाल उनी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशकी अध्यक्षको रूपमा कार्यरत छिन्। साथै, जनरल फेडेरेशन अफ नेपालिज ट्रेड युनियन (जिफन्ट) मा पनि उनको सक्रिय संलग्नता रहेको छ।

अब महानगरको उपसचिव पदमा आफ्नो राजनीतिक यात्रालाई विस्तार गर्ने लक्ष्यका साथ कला डाँगी चुनावी मैदानमा उत्रिएकी छिन्। विशेषगरी एमालेको स्थानीय राजनीतिमा महिला नेतृत्वको प्रतिनिधित्व गर्दै उनको उदय महत्वपूर्ण मानिन्छ।

जसमा संस्थापन पक्षले उम्मेदवारहरूको घोषणा गरिसकेको छ। कोशी प्रदेश इन्चार्ज शेरधन राईद्वारा उद्घाटन हुने यस अधिवेशनका लागि हालका अध्यक्ष रोहित कोइरालाले आफ्नो समूहका उम्मेदवारहरूको नामावली घोषणा गरेका छन्।

संस्थापन पक्षको उम्मेदवारी टिममा अध्यक्षमा स्वयं रोहित कोइराला, उपाध्यक्षमा विराटनगर – ८ का वडाअध्यक्ष राम पोखरेल, सचिवमा विराटनगर– ४ का वडा कमिटी अध्यक्ष नवराज काफ्ले, उपसचिवमा चन्द्रशेखर विश्वास र महिला उपसचिवमा कला डाँगी रहेका छन्।

अधिवेशनमा १९ वटा वडाबाट प्रत्यक्ष रूपमा चुनिएका २२० प्रतिनिधि, जनसंगठनहरूबाट ७९ प्रतिनिधि र थप मनोनित १५ प्रतिनिधि गरी कुल ३१५ मतदाता सहभागी हुनेछन्। मोरङ जिल्लामा हालसम्म १२ पालिकाको अधिवेशन सम्पन्न भइसकेको छ भने ४ पालिकाको अधिवेशन मिति तय भएको छ। लेटाङ नगरपालिकाको अधिवेशन भने अझै अनिश्चित रहेको छ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल