Birat Post आइतबार, चैत्र ३१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,३१ चैत ।  बहिरा क्रिकेट संघ मोरङको आयोजनामा विराटनगरको गिरिजाप्रसाद क्रिकेट मैदान भापा वैजनाथपुरमा भएको कोशी प्रदेश स्तरिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । मोरङले आइतबार भएको फाइनल खेलमा सुनसरीलाई ७ विकेटले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ९८ रनमा सिमित भयो । सुनसरीका निरज श्रेष्ठले २७ रन बनाउँदा रोहन खडकाचले ११ रन बनाए । मोरङका मनोज राँयले ३ विकेट लिँदा वैजनाथ चौधरीले २ विकेट लिए ।

९९ सय रनको सामान्य लक्ष्य पछ्याएको मोरङले १७ दशमलव ३ बलमा ३ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । मोरङको जितमा वैजनाथ चौधरीले ३१ बनाउँदा अजय कर्णले २३ रनको योगदान दिए । सुनसरीका रोहन खडकाले २ विकेट लिँदा विवेक चन्दले १ विकेट लिए ।
फाइनल खेलको प्लेयर अफ फाइनल मोरङका अलराउण्डर खेलाडी वैजनाथ चौधरी भ एभने प्लेयर अफ सिरिज र उत्कृष्ट बलर पनि मोरङकै वैजनाथ चौधरी घोषित भए । त्यस्तै उत्कृष्ट ब्याटर पनि मोरङकै अजय कर्ण भए ।

चैत्र २८ गतेदे िभएको प्रतियोगितामा मोरङ, सुनसरी र झापाका गरि ४ टिम सहभागि रहेको थियो राउण्ड रोविनको आधारमा खेलाएको प्रतियोगितमा करिव १२ लाख खर्च हुने अनुमान आयोजकले लगाएको छ । विजयी तथा अन्य खेलाडीहरुलाई प्रमुख अतिथि मोरङ जिल्ला खेलकुद विकाश समितका अध्यक्ष सुरज श्रेष्ठ, कोशी प्रदेश खेलकुद बार्डका कार्यलय प्रमुख कालीदास भट्टराई, बहिरा क्रिकेट संघका केन्द्रीय सचिव अरविन्द चौधरी, विराट बहिरा मावि व्यवस्थापन समितिका अध्यक्ष डा. मिना जोशी र बहिरा क्रिकेट संघका अध्यक्ष मोहन तिवारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल