विराटनगर,२८ चैत । राजसंस्थावादी आन्दोलनको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
स्रोतका अनुसार आसाम प्रहरीले पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको बुझिएको छ।
गत चैत १५ गतेको राजावादी आन्दोलनपछि उनी वेपत्ता भएका थिए। तर उनले आफ्नो ज्यान खतरामा रहेको भन्दै भिडियो सन्देशहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरेका थिए।