विकास कार्की
विराटनगर,२८ चैत । लागुऔँषध दुव्र्यसनीका विषयमा सीमावर्ती क्षेत्रमा प्रहरीले सचेतनामुलक अभियान थालेको छ । सीमा क्षेत्रवाट नेपाल र भारततर्फ सीमा वजार वारपार गरिरहने युवाहरुलाई नियन्त्रणमा लिएर उनीहरुलाई सम्झाउन थालिएको हो ।
लागु औषध दुव्यसनी कार्यक्रम अन्तरगत बिहिबार इप्रका रानी इन्चार्ज प्रकाश थापा,सीमा चौकी रानी इच्चार्ज सुभास अधिकारी,सामुदायिक सेवाकेन्द्र रानी अध्यक्ष किशोर सुव्वा लगायतको सहभागितामा युवाहरुलाई सचेतनामुलक कार्यक्रम गरिएको हो ।